भारतीय अभिनेत्री प्रिति जिंटा ३४ छोरीकी आमा

काठमाडौं । भारतीय प्रख्यात अभिनेत्री प्रिती जिंटा ३४ छोरीकी आमा भएकी सुन्दा विश्वास लाग्छ ? तर यो वास्तविकता हो । भारतीय सिने जगतमा धेरै सुपरहिट फिल्म दिने अभिनेत्रीमा दरिएकी प्रिती जिंटाले अमेरिकामा गोप्य रुपमा ४२ वर्षको उमेरमा अमेरिकन नागरिक जीन गुडइनफसँग विवाह गर्नुभएको थियो ।

अत्यन्तै व्यस्त जीवन शैली भएकी उहाँले कसरी ३४ वटा बच्चा पाएको हुन सक्छ प्रश्न उब्जिनु स्वभाविक हो तर वास्तविकता अलिकति फरक छ । उहाँले एकै पटकमा ३४ जना अनाथ केटीलाई आफ्नी छोरी स्विकार गर्नु भएको थियो ।

उहाँले ३४ वटै छोरीलाई वर्षमा दुई पटक भेटेर समय बिताउने गरेको भारतीय सञ्चारमध्यमहरुले जनाएको छ ।

Back to top button