
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले पूर्व प्रधानमन्त्री झलनाथ खलानको उपचार खर्च राज्यले ब्यहोर्नु गैरकानूनी हुने बताउनुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले भारतमा उपचारारत पूर्वप्रधानमन्त्री तथा गठबन्धनका समर्थक रहनुभएका एमालेका नेता झलनाथ खनालको उपचार खर्च व्यहोर्ने घोषणा गर्नुभएको थियो ।
त्यसको विरोध गर्दै नेता थापाले कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्नु गैरकानूनी हुने दोहोर्याउनुभएको हो । उहाँले सामाजिक सञ्जालमा अघिल्लो सरकारले कानूनविपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्न नहुने उल्लेख गर्नुभएको छ ।
नेता थापाले ट्विटरमा ट्विट गर्दै लेख्नुभएको छ,‘कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैर कानूनी हो र अघिल्लो सरकारले कानूनविपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्ने छैन भन्ने कुरामा तपाईं सचेत हुनुहुन्छ र तपाईंको भनाइ उदृत गर्दै आएका समाचार गलत हुन् भन्ने विश्वास छ।’