किसान श्रेष्ठसँग सती जाँदिनँ : नेता बस्नेत

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा सांसद महेश बस्नेतले किसान श्रेष्ठसँग आफूले सती नजाने बताउनुभएको छ । उहाँले श्रेष्ठले जस्तो पार्टी अध्यक्ष केपी ओली शर्मालाई छोडेर माधवकुमार नेपालको पक्षमा लागेर सती नजाने समाजिक सञ्जालमा प्रष्टीकरण दिनु भएको हो ।

श्रेष्ठको अत्यन्तै घनिष्ठ मित्र भएकाले उहाँसँगै अब ओलीलाई छोडेर नेपालको पक्षमा लाग्ने भन्दै केही सञ्चारमाध्यमहरुले लेखेको समाचारलाई खण्डन गर्दै बस्नेतले सामाजिक सञ्जालमार्फत स्पष्ट पार्नुभएको छ ।

श्रेष्ठलगायत ८ जना ओली पक्षका सांसदहरुले फलोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनुभएको थियो ।

Back to top button