थप १० लाख डोज भेरोसेल काठमाडौं ल्याइयो

काठमाडौं । कोभिड–१९ विरुद्धको थप १० लाख डोज भेरोसेल खोप आज काठमाडौं आइपुगेको छ । बेइजिङबाट खोप बोकेर आएको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज २ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलका अनुसार थप १० लाख डोज खोप ल्याउन निगमको जहाज आज राती ११ बजे बेइजिङ उड्दैछ । भोलि दिउँसो २ बजे उक्त जहाज काठमाडौं फर्कनेछ ।

बाँकी डोज ल्याउन शनिबार उक्त जहाज पुनः शनिबार बेइजिङ जाने कार्यक्रम छ । नेपालले चीनको खोप उत्पादक कम्पनी साइनोफार्मबाट ४० लाख डोज खोप खरिद गरेको हो ।

Back to top button