खोप किन्न एडीबीले नेपाललाई करिब २० अर्ब ऋण दिने

काठमाडौं । एसियाली विकास बैंकले कोभिड–१९ विरुद्धको खोप खरिद गर्नका लागि नेपाललाई १९ अर्ब ८० करोड रुपैयाँ ऋण दिने भएको छ ।

यो ऋणले नेपालको कोरोना खोप अभियान संचालन र आपूर्ति प्रणालीमा सहयोग पुग्ने एडीबीले जनाएको छ । आज विज्ञप्ती जारी गर्दै एडीबीले यसबाट अनुमानित १ करोड ५९ लाख डोज कोरोना खोप किन्न सकिने उल्लेख गरेको छ ।

एडीबीका अध्यक्ष मासात्सुवु आसाकावाले एडीबीको यो सहयोगले निकै आवश्यक परेको कोरोना खोप किन्दै आफ्ना नागरिकको सुरक्षा गर्न र संक्रमण नियन्त्रण गर्न सहयोग पुग्ने उल्लेख गर्नुभएको छ ।

यसअघि एडबीले एसिया प्यासेफिक क्षेत्रमा खोप खरिद गर्न ९ अर्ब डलर दिने निर्णय गरेको थियो । यो सन् २०२० डिसेम्बरको निर्णय हो । सोही अन्तर्गत नेपालले समेत यो सहयोग पाएको हो । यस कार्यक्रममा अन्य सरोकारवाला निकायसँग समेत सहकार्य गर्ने जनाएको छ ।

खोप चाँडै खरिद गरी चाँडोभन्दा चाँडो खोप लगाउन समेत एडीबीले नेपाल सरकारलाई आग्रह समेत गरेको छ । अर्थतन्त्रलाई लयमा फर्काउन बैंकले सहयोग गरेको एडीबीले उल्लेख गरिएको छ ।

Back to top button