महाधिवेशन तयारीका लागि कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन तयारी तथा क्रियाशील विवाद समाधानका लागि आज प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बस्न लागेको छ ।

बैठकमा अगामी महाधिवेशन र क्रियाशील सदस्यता विषयमा केन्द्रित हुने कांग्रेसका एक पदाधिकारीले बताउनुभयो । कांग्रेसको १४ औं महाधिवेशन भदौं महिनाभित्र सम्पन्न गर्नै पर्ने सभापति देउवालाई संवैधानिक बाध्यता रहेको छ ।

Back to top button