प्रदेश १ लगायत ४ वटा प्रदेशमा वर्षा हुने पूर्वानुमान

काठमाडौं । प्रदेश १ लगायत ४ वटा प्रदेशको केही स्थानमा भारी वर्षा हुने भएकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाले प्रदेश १, बागमती, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी बर्षा हुने पूर्वानुमान गरेको हो ।

मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकोले आज दिउँसोको देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले पूर्वानुमान गरेको छ ।

Back to top button