मध्यम र लामो दुरीका यातायात पनि सञ्चालन गर्ने काठमाडौं जिल्ला प्रशासनको निर्णय

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले भोलिदेखि लागू हुने गरी मध्यम र लामो दूरीका पनि सार्वजनिक यातायात सञ्चालन खुल्ला गर्ने भएको छ । आज सूचना जारी गर्दै सार्वजनिक यातायात सञ्चालनमा खुकुलो बनाएको हो ।

जारी सूचनामा लोकसेवा र विश्वविद्यालयका परिक्षार्थीको आवागमनलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको उल्लेख गरिएको छ ।

जिल्ला प्रशासनले लामो दुरीमा यात्रा गर्ने यात्रुलाई भने अनिवार्य टिकट काउन्टरबाट टिकट खरिद गरेर यात्रा गर्न आग्रह गरेको छ ।

साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार लामो दूरीको यातायात खुला गरिएको प्रशासनले जनाएको छ ।

हेरौं जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सूचना

Back to top button