निर्वाचन आयोगको कार्यकारिणी सदस्य उपस्थिति गराउने विरुद्ध ठाकुर अदालतमा

काठमाडौं । निर्वाचन आयोगको कार्यकारिणी सदस्य उपस्थित गराउने विरुद्ध जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर सर्वोच्च अदालत गुहार्न बाध्य हुनुभएको छ । आयोगले ठाकुर र उपेन्द्र यादव पक्षबीचको जसपाको आधिकारिकता विवाद समाधानका लागि सोमबार कार्यकारिणी सदस्य उपस्थित गराएर सनाखत गराउने निर्णय गरेको हो ।

कार्यकारिणीय समितिमा उपेन्द्र यादवको बहुमत रहेकाले ठाकुर त्यसको विरुद्ध अदालत गुहार्न बाध्य भएको हो । ठाकुरको पक्षबाट प्रदिप ठाकुरले दायर गरेको रिटमा कार्यकारिणी सदस्यको सनाखत रोक्न माग गरिएको छ । कार्यकारिणी समिति सदस्य हेरफेरलाई आयोगले अद्यावधिक नगरी विवाद निरुपण गर्दा पार्टीको केन्दीय नेतृत्वको प्रयोजन समाप्त हुने पाठकले दायर गरेको रिटमा दावी गरिएको छ ।

Back to top button