टोकियो ओलम्पिक : सुटिङकी परियार पहिलो चरणमै आउट

काठमाडौं । टोकियो ओलम्पिक २०२० मा नेपालकी सुटिङ खेलाडी कल्पना परियार पहिलो चरणमा नै खेलबाट आउट हुनुभएको छ । उहाँ खेलबाट आउट हुँदा पनि राष्ट्रिय किर्तिमानमा सुधार गर्नुभएको हो ।

१३औं दक्षिण एसियाली खेलकुद सागमा ६१४ दशमलव ५ स्कोर बनाएर राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको परियाले महिलातर्फको १० मिटर एअर राइफल इभेन्टमा ६१६ दशमलव ८ स्कोर गरी राष्ट्रिय कीर्तिमानमा सुधार ल्याउनु भएको छ ।

पहिलो सिरिजमा १०२ दशमलव २, दोस्रोमा १०५ दशमलव ४, तेस्रोमा १०१ दशमलव १, चौथोमा १०४ दशमलव १, पाँचौमा १०३ दशमलव ४ र अन्तिममा १०० दशमलव ७ गरी कूल ६१६ दशमलव ८ स्कोर बनाउनुभयो ।

सुटिङतर्फ सहभागी ५० खेलाडीमध्ये परियार ४६ स्थान हासिल गर्दै पहिलो चरणमै खेलबाट बाहिरिनुभयो ।

Back to top button