सत्तारुढ गठबन्धनको बालुवाटारमा बैठक

काठमाडौं । सत्तारुढ गठबन्धन कांग्रेस, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको प्रधानमन्त्री निवास बालुवाटारमा बैठक भइरहेको छ । बैठकमा मन्त्रिपरिषद विस्तार र गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रमको विषयमा छलफल भइरहेको एक नेताले बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी हुनुहुन्छ ।

Back to top button