भ्रम त्यागेर नेपाल समूहलाई पार्टीमा फर्कन एमाले अध्यक्ष ओलीको आग्रह

माफि र कारवाहि मैले हैन पार्टीले गर्छ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल समूहलाई भ्रमबाट मुक्त भएर पार्टीमा फर्किन आग्रह गर्नुभएको छ ।

अखिल नेपाल महिला संघको बैठकलाई सम्बोधन गर्दै उहाँले आफ्नो पार्टी फुटाएर अर्को पार्टीलाई सजिलो बनाइदिएको आफूले मात्र नभई पार्टीपंक्तिले पनि हेरिरहेको भन्दै उहाँले अनेक खालका भ्रमका पछि नलाग्न आग्रह गर्नुभयो ।

उहाँले आफ्ना सांसदलाई झुक्याएर, प्रलोभनमा पारेर मतदानबाट बाहिर लगेको सबैले देखिरहेको भन्दै अध्यक्ष ओलीले यो लोकतन्त्र, राष्ट्रियता र देशविरोधी अपराध भएको बताउनुभयो ।

इतिहासले यस्ता खालका अपराधलाई क्षमा नदिने बताउनुभएका उहाँले पार्टी एकता भन्दै अहिलेसम्म पनि एमालेविरुद्धको गठबन्धन बैठकमा सहभागी भइरहेको माधव कुमार नेपालको व्यवहारप्रति आपत्ति जनाउनुभयो ।

अध्यक्ष ओलीले नेता नेपाललाई इङ्गित गर्दै हरियो सर्पले जस्तै घाँसको मुठो पनि नछोड्ने र त्यहीँभित्र लुकेर अनेक षड्यडन्त्र गर्ने चरित्र त्याग्न आग्रह गर्नुभयो ।

उहाँले संविधानको रक्षा गर्ने भनेर माधव नेपाल पक्षले कम्युनिष्ट ढाल्न र दक्षिणपन्थी सरकार बनाएर नुनको सोझो गर्न सदन वहिष्कार गरेको टीप्पणी गर्नुभयो ।

संसदको रक्षा गर्न विपक्षीलाई विश्वासको मत दिइएको प्रति कटाक्ष गर्दै उहाँले आफूले प्रधानमन्त्रीका रूपमा विश्वासको मत माग्दा मत दिएर किन संसदको रक्षा नगरेको त ? भन्दै प्रतिप्रश्न गर्नुभयो ।

ओलीले भन्नुभयो, ‘संसदको रक्षा गर्न चाहनेले आफ्नै पार्टीका अध्यक्षले विश्वासको मत नदिएर बहिष्कार गर्दैन ।’ उहाँले फूलाई एमाले भन्ने, पार्टी फुटाउने अन्तरघात गर्ने र पार्टीलाई ध्वस्त बनाउन खोज्ने र पार्टीलाई नै बहुमत पुग्न नदिने ब्यक्तिहरुको संलग्नतामा गम्भीर षडयन्त्र भएको बताउनुभयो ।

अध्यक्ष ओलीले संविधानको अपव्याख्या भएर परमादेशमार्फत प्रधानमन्त्री नियुक्त हुनुमा अन्तर्राष्ट्रिय शक्तिको समेत हात रहेको बताउनुभयो ।

उहाँले कार्यकर्तालाई उत्साह थप्दै भन्नुभयो,‘केहीबेर सूर्य छेकिएको छ, हतोत्साही नहुनुस् । एमालेको सूर्य कमजोर हुँदैन यसले आफ्नो सही विचार र मार्ग परित्याग गर्दैन ।’

Back to top button