मोटरसाइकलमा मृत फेला परेका न्यौपानेको दुर्घटनामा मृत्यु

विराटनगर । विराटनगर ५ स्थित विद्युत कार्यालय अगाडी कोशी राजमार्गमा मोटरसाइकलमा मृत फेला परेका स्थानीय ६७ वर्षीय सुदर्शन शर्मा न्यौपानेको ट्रकको ठक्करले मृत्यु भएको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले घट्ना शंकास्पद भएकोले अनुसन्धान गर्दै जाँदा दक्षिणबाट उत्तरतर्फ गइरहेको को१क १३३३ नम्बरको ट्रकले ठक्कर दिदा न्यौपानेको मृत्यु भएको खुलेको हो । ठक्कर दिने ट्रक र चालक धरान उपमहानगर २० देववीगाउँका २८ वर्षीय रामशरण राईलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले बताउनुभयो ।

साउन ४ गते ठक्करबाट को४प २३१६ नम्बरको मोटरसाइकलमा सवार न्यौपानेको मृत्यु भएपछि मोटरसाइकलमा राखिदिएर चालक राईले ट्रक लिएर फरार भएको थियो ।

Back to top button