युवकको शव बरामद

विराटनगर । विराटनगर महानगरपालिका १६ दरैयास्थित उखुबारीमा एक युवकको शव प्रहरीले आइतबार बरामद गरेको छ । २७/२८ वर्षको युवकलाई स्थानीयले भारतीय सीमा नजिकको उखुबारीमा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठका अनुसार कालो जिन्स र सेतो हाफ भेष्ट लगाएका २७/२८ वर्षको देखिने गहुँ गोरो रंगको युवकको शव स्थानीय गजेन्द्र ठाकुरको उखुबारीमा बरामद भएको छ ।

उनको पहिचानका लागि हुलियासहितको सूचना जारी गरेको श्रेष्ठले बताए । मृत्युको कारण पनि खुल्ने सकेको छैन । पोष्टमार्टमपछि मृत्युको कारण खुलने प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो । उहाँले इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रकाश राउतको नेतृत्वमा घटनाको अनुसन्धान भइरहेको बताउनुभयो ।

Back to top button