गौरीशंकर सामुदायिक पुस्तकालय द्वारा चरिकोट अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

दोलखा । गौरीशंकर सामुदायिक पुस्तकालयले चरिकोट अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ।
आइतबार आयोजित एक कार्यक्रमका बिच पुस्तकालयका अध्यक्ष कृष्ण बस्नेतले चरिकोट अस्पतालका अध्यक्ष समेत रहेका भिमेश्वर नगरपालिकाका मेयर भरत केसिलाइ स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन।

कोभिड उपचारका लागि प्रयोग गरिने स्वास्थ्य सामाग्री ए. एस. वि जर्मन, रिड नेपाल र गौरीशंकर सामुदायिक पुस्तकालयको समन्वयमा संचालित एमर्जेन्सी रेसोपेन्स कोभिड -१९ पारियोजना अन्तर्गत सो सामाग्री हस्तान्तरण गरिएको पुस्तकालयका अध्यक्ष कृष्ण बस्नेतले जानकारी दिए ।
बस्नेतले जनाए अनुसार स्वास्थ्य सामाग्रीमा थर्मोमिटर, डिजिटल वयर स्केल, नेबुलाइजर,पेरिलाइट,फुटस्टेप लगायतका सामाग्री बितरण गरिएको छ।

 

Back to top button