ट्युनिसियाका राष्ट्रपति द्धारा संसद भङ्ग, प्रधानमन्त्रीलाई बर्खास्त

काठमाडौं । ट्युनिसियाका राष्ट्रपति केस सैयदले प्रधानमन्त्री हिचम मेचिचीलाई बर्खास्त गर्दै संसदसमेत भङ्ग गर्नुभएको छ । सरकार विरुद्ध देशभर विरोध प्रदर्शन चलिरहेको बेला राष्ट्रपति सैयदले संसद भंग गर्दै प्रधानमन्त्रीलाई बर्खास्त गर्नुभएको हो ।

कोरोना महामारीविरुद्ध लड्न र अर्थव्यवस्था ठिक तरिकाले सञ्चालन गर्न नसकेको भन्दै ट्युनिसियामा सरकारविरुद्ध विरोध प्रदर्शन हुँदै आएको छ । कतिपय शहरमा भएका प्रदर्शन हिंसात्मक बन्दै आएका छन् ।

यहीबीचमा राष्ट्रपति सैयदले आइतबार संसद भङ्ग गर्नुभएको हो । उहाँले नयाँ प्रधानमन्त्रीको सहयोगमा कार्यकारी अधिकार ग्रहण गर्ने पनि बताउनुभएको छ । उहाँले आफ्नो कदमलाई संवैधानिक रहेको समेत दावी गर्नुभएको छ ।

राष्ट्रपति सैयदले विश्वासघात र जनताको अधिकार लुट्ने र हतियार उठाउने योजना बनाउनेहरु चेतावनी दिँदै जसले गोली चलाउँछ ,उमाथि सशस्त्र बलले पनि गोलीको जवाफ दिने बताउनुभएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

Back to top button