छोराको कुटपिटबाट बुवाको ज्यान गयो

ईलाम । घरायशी विवादमा छोराले गरेको कुटपिटबाट इलाम देउमाई नगरपालिका २ पुङफुङका ८५ वर्षीय टेक बहादुर मुखियाको मृत्यु भएको छ ।

गत श्रावण ७ गते ३४ वर्षीय गिर्जमान मुखियाले घरयासी विवादका क्रममा बुवा टेकबहादुर मुखियालाई कुटपिट गरि घाईते बनाएका थिए । घाईतेको बिर्तासिटी अस्पताल बिर्तामोड उपचार भइरहेको थियो ।

उपचार सम्भव नभएपछि घर तर्फ फिर्ता लैजाने क्रममा क्रममा गएराती ९ बजे मृत्यु भएको हो । कुटपिट गर्ने गिर्जमानलाई जिल्ला प्रहरी कार्यालय ईलामले पक्राउ गरि आवश्यक कारवाही अघि बढाएको जानकारी दिएको छ ।

Back to top button