जसपाको आधिकारीकता उपेन्द्र यादव पक्षलाई

काठमाडौं । निर्वाचन आयोगमा अल्झिरहेको जनता समाजवादी पार्टी (जसपा) को आधिकारीकता सम्बन्धि विवादको आज टुङ्गो लागेको छ ।

आज आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ । यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले यादव पक्षलाई आधिकारिकता दिएको हो ।

जसपाका अध्यक्षद्वय यादव र महन्थ ठाकुर पक्षबीच आधिकारिकता सम्बन्धी विवाद भएपछि निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई आयोगमै बोलाएर को कसको पक्षमा भनेर सनाखत गराएको थियो ।

५१ जना सदस्य रहेको कार्यकारिणी समितिमा ठाकुर पक्षमा १६ जना र यादव पक्षमा ३४ जनाले सनाखत गरेका थिए भने एकजना तटस्थ रहेका थिए ।

Back to top button