दुई जनाको डुबेर मृत्यु

विराटनगर । जिल्लामा दुई जनाको पानीमा डुबेर मृत्यु भएको छ । विराटनगर महानगर १४ जतुवामा फुलियादेवी महतोको १८ महिनाका छोरा राजकुमार महतो र लेटाङ नगरपालिका ५ को शरनकुमार राईको १५ वर्षीय छोरा समृद्ध राईको डुबेर मृत्यु भएको हो ।

खेल्ने क्रममा घर नजिकै रहेको नहरमा लडेर डुबेपछि बालक राजकुमारको मृत्यु भएको जिल्ला प्रहरी मोरङका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले बताउनुभयो । राईको मोरङ्गे खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको उहाँले बताउनुभयो ।

Back to top button