
भारतका असम र मिजोरम राज्यको सीमामा झडप हुँदा ६ जना प्रहरी जवानको मृत्यु भएको छ । असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले आफ्नो राज्यका ६ जना प्रहरी जवानको सीमामा भएको झडपमा मृत्यु भएको पुष्टि गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गर्नुभएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार असम र मिजोरमको सीमा क्षेत्रमा सुरक्षा फौज र नागरिकबीच सिमानाको विषयमा झडप भएको हो ।
घटनापछि गृहमन्त्री अमित शाहले संयमता अपनाउन आग्रह गर्नुभएको छ ।