ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा दम्पतिको मृत्यु

झापा । दमक नगरपालिका ४ स्थित पुर्व–पश्चिम राजमार्गमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक दम्पतिको मृत्यु भएको छ । झापाको कन्काई ३ का ४३ वर्षीय पुर्णबहादुर बिष्ट र उनकी पत्नी ३६ वर्षीया भिमा बिष्टको मृत्यु भएको हो ।

ना४ख ८७३० नम्बरको ट्रकले बिपतरित दिशाबाट आईरहेको प्रदेश२–०३–०१३प ४७८७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दम्पति घाइते भएका थिए । दमकस्थित लाईफ लाईन अस्पताल लग्ने क्रममा दुबै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

ट्रक र ट्रक चालक मोरङको विराटनगर ४ का ४८ वर्षीय सुजन थापालाई अस्थाई प्रहरी पोष्ट ताराबारीले नियन्त्रणमा लिएको छ ।

Back to top button