रेशम चौधरी पनि उपेन्द्र यादवसँगै

काठमाडौं । पार्टीको आधिकारिकताका लागि भएको हेड काउण्टमा तटस्थ बस्नुभएको जेल जीवन विताइरहेका रेशम चौधरीले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालमा नै रहने बताउनुभएको छ ।

जसपाको आज बसेको बैठकमा कार्यकारिणी समिति सदस्य चौधरीलाई कारवाही गर्ने विषयमा निर्णय लिनुभन्दा अगाडी फोन गरेर सोध्दा जसपामा नै बस्ने बताउनुभएको बैठकमा सहभागी एक नेताले बताउनुभयो । चौधरीको स्पष्ट भनाई आएपछि उहाँलाई कार्यकारिणी समितिमा कायमै राखिएको जसपाका नेता जयराम यादवले बताउनुभयो ।

Back to top button