जसपाका तीन प्रदेश सांसद पद मुक्त

काठमाडौं । महन्थ ठाकुर पक्षका जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेशका तीन जना सांसद पद मुक्त भएका छन् । लुम्बिनी प्रदेशसभाले सूचना जारी गरी जसपाका प्रदेश सांसद सन्तोष पाण्डे, विजयबहादुर यादव र कल्पणा पाण्डे पद मुक्त भएको उल्लेख छ

तीन जना मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी छन् । पार्टीको निर्देशन विपरित मुख्यमन्त्री पोखरेललाई समर्थन गरेको आरोपमा तीनै जना सांसदलाई जसपाको कार्यकारिणी बैठकले दोस्रो पटक निर्णय गरेको थियो ।

Back to top button