एसएसबीले तुइन काटेर महाकालीमा युवक वेपत्ता घटनामा गृह मन्त्रालयद्वारा छानविन समिति गठन

काठमाडौं । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटेको कारण नेपाली युवक महाकाली नदीमा वेपत्ता भएको घट्नामा गृह मन्त्रालयले छानविन समिति गठन गरेको छ ।

गृहसचिवको नेतृत्वमा गृह मन्त्रालयका प्रवक्ता, सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारीसहित चार सदस्यीय छानविन समिति गठन गरेको हो । गृहमन्त्री बालकृष्ण खाँणले छिटो भन्दाछिटो घटनाको छानविन गरी सत्यतथ्य वारि ल्याउन समितिलाई निर्देशन दिनुभएको छ ।

शुक्रबार बिहान दार्चुलाको ब्यास गाउँपालिका २ स्थित मालघाटमा तुइनबाट नदी तर्ने क्रममा एसएसबीले तुइन काटिदिदा महाकाली नदीमा खसेर ३० वर्षीय जयसिंह धामी बेपत्ता भएका छन् ।

Back to top button