सुरक्षित भविष्य र गुणस्तरीय शिक्षाका लागि सवैको रोजाई एभरेष्ट कलेज

विराटनगर । कोशी राजमार्गस्थित विराटनगरको भृकुटीचोकबाट करिब ६ सय मिटर पश्चिम राम मन्दिर पर्छ । राम मन्दिर पश्चिम ३ विघा क्षेत्रफललाई पर्खालले घेराबेरा गरिएको छ । जहाँ छन् अत्याधुनिक सुविधा सम्पन्न आकर्षक ठूलो भवन, फुटबल मैदान, भलिवल र बास्केटबल, ब्याडमिन्टन कोर्ट, टेबल टेनिस, मार्सल आर्ट, तेक्वोन्दोलगायतका खेलकुदको लागि कभर्ड हल, स्विमिङ पुल, बसपार्क, साइकल तथा मोटरसाइकल स्टेण्ड र रंगिचङ्गी फुलले सजिएको मनमोहक दृष्य देखिन्छ । त्यसभित्र प्रवेश गर्दा अनुशासित विद्यार्थी र प्राध्यापकहरुलाई हेर्दा सवैलाई विकसित राष्ट्रको प्रतिष्ठित शैक्षिक संस्थामा प्रवेश गरेको अनुभूति हुने गर्छ । त्यसैले त पछिल्लो समय अभिभावक र विद्यार्थीको पहिलो रोजाई बन्दै आएको छ विराटनगरको एभरेष्ट कलेज ।

यस कलेजमा वर्षेनी अभिभावकहरुले आ–आफ्ना बालबालिकालाई भर्ना गराउन निकै मिहिनेत गर्नुपर्ने हुन्छ । निश्चित विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने कलेजको निती अनुशार सिमित सिमित विद्यार्थी भर्ना लिने गरेको छ । त्यसैले अभिभावकहरु आ–आफ्ना बालबालिकालाई एसईईको रिजल्ट आउनुभन्दा अघि देखि नै कलेजमा कक्षा ११ मा सिट सुरक्षित गराउने पुग्ने गर्नुभएको छ । अभिभावकहरुले जस्तोसुकै शक्ति लगाए पनि तोकिएभन्दा बढी विद्यार्थी भर्ना नलिने हुँदा यति बेला कलेजमा अभिभावकहरुको दौडधुप देखिन्छ । कलेजले अध्ययन अध्यापन गराउँदै आएको विज्ञान, व्यवस्थापन, कानुन र होटल मेनेज्मेन्ट विषयमा कक्षा ११ मा पढ्न चाहनेहरु एभरेष्ट पुग्ने गरेका छन् ।

विराटनगर–५ स्थित एभरेष्ट एजुकेशन फाउण्डसेनले भौतिक संरचना सँगै विश्वस्तरीय शिक्षण सिकाई अवलम्बन गर्दै आएको छ । ‘विश्वस्तरीय भौतिक पूर्वाधार, विश्वस्तरीय सिकाई’ नाराका साथ अघि बढेको यस फाउण्डसेन अन्तर्गत प्ले ग्रुपदेखि स्नातकोत्तर तहसम्मको अध्ययन गर्ने थलोको रुपमा विकास भइरहेको छ । २०५० सालमा स्थापना भएको एभरेष्ट स्कुल फाउण्डेसनमा रुपान्तरण भइसेकेको छ भने अहिले प्ले ग्रुपदेखि स्नातक तहसम्म अध्ययन गराइरहेको संस्था हो ।

औपचारिक शिक्षाले मात्र पूर्ण नहुने भन्दै एभरेष्टले आफ्ना विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराइ सर्वाङ्गिण विकास हुनुपर्ने र यहाँका उत्पादन असल नागरिकको रुपमा दर्ज हुनुपर्छ भन्ने मान्यतालाई आत्मसात गर्दै आएको छ । एभरेष्टका संस्थापक तथा प्रिन्सिपल टीकाराम पुरी भन्नुहुन्छ, ‘अबको शिक्षालाई प्रविधि र सीपसँगै जोडेर अघि बढ्नुपर्छ, अझ त्यसमा व्यवहारिक नैतिक शिक्षाको समेत आवश्यकता हामीले बुझेका छौं ।’ हामी हाम्रा विद्यार्थी विश्वका जुनसुकै स्थानमा गएर अब्बल सावित हुनुपर्छ भन्ने मान्यताका साथ अघि बढेको र क्रमशः यसको प्रतिफल पनि आउन थालेको उहाँ बताउनु हुन्छ । यहाँका विद्यार्थीले अन्यत्र जाँदा पनि उत्कृष्टता हासिल गरेको खबर सुन्न पाउँदा अत्यन्त हर्ष लाग्ने गरेको उहाँले बताउनुभयो । कक्षा ११को अध्ययापन शुरु गरेको छैठौं वर्ष हुँदै गर्दा सयौं विद्यार्थी डाक्टर, इन्जिनियर लगायतका जुनसुकै क्षेत्रमा पनि उसैगरि उत्कृष्टता हासिल गरेको सुन्न पाउनु विद्यार्थी, अभिभावक र विद्यालय सबैका लागि गौरवको बिषय भएको प्रिसिन्पल पुरीले बताउनुभयो । एभरेष्टका उत्पादनले अध्ययनलाई निरन्तरता दिने र उत्कृष्टता हासिल गर्दै गइरहेको तथ्यले पछिल्लो समय अभिभावक र विद्यार्थीको रोजाईको केन्द्र बनेको हो । सुरक्षित भविष्यका लागि गुणस्तरीय शिक्षा प्राप्त गर्न विद्यार्थीको चाप थेग्न निकै सकस भइरहेको प्रिन्सिपल पुरीले बताउनुभयो । उहाँले मापदण्ड अनुसार निश्चित प्रक्रिया पूरा गरेर मात्रै सिमित संख्यामा विद्यार्थी भर्ना लिएर गुणस्तरीय शिक्षा प्रदान गर्ने नीतिले कतिपय विद्यार्थीले यस संस्थामा अध्ययन गर्ने अवसर नपाउँदा दुःखसमेत लाग्ने गरेको बताउनुभयो ।

अन्तर्राष्ट्रियस्तरको भौतिक संरचना विकास गरेको एभरेष्टका प्रत्येक कोठाहरुलाई वातानुकुलित (एसी जडित) बनाईएको छ । साथमा हरेक कोठा प्रविधिमैत्री छन् । प्रविधिको उच्चतम उपयोग गर्दै अघि बढेको एभरेष्टका शिक्षक तथा प्राध्यापकहरु समेत उस्तै प्रविधिमैत्री हुनुहुन्छ । यसको सकारात्मक परिणाम कोभिड–१९ को महामारीका बेला अपनाइएको वैकल्पिक विधि भर्चुअल कक्षाको प्रभावकारीताले पुष्टि गरेको छ । शत् प्रतिशत विद्यार्थीको सहभागितामा भर्चुअल कक्षा सञ्चालन गर्दै आइरहेको एभरेष्टले आफ्नो तालिका अनुसार नै पाठ्य सामाग्रीको समयमै अध्यापन समेत पूरा गरेको छ । एभरेष्टका प्रिन्सिपल पुरी भन्नुहुन्छ,‘ शत् प्रतिशत विद्यार्थी अनलाईन कक्षामा सक्रीय सहभागिता जनाएर रेकर्ड नै राखेका छन् ।’

विद्यालयस्तरदेखि नै उत्कृष्टता हासिल गर्दै अघि बढेको एभरेष्टको विद्यालयस्तरमा छ पटक राष्ट्रिय तथा क्षेत्रीय पुरस्कार प्राप्त गरेको छ । २०७४ सालमा देशभरकै उत्कृष्ट हुँदै तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीबाट नगद दुई लाख सहित , शिल्ड, प्रमाण–पत्र र राष्ट्रिय झण्डाबाट पुरस्कृत भएको यस एभरेष्टले कक्षा ११ को प्रारम्भमा नै व्यवस्थापन संकायमा नेपाल प्रथम भएर प्रदेशकै शिर उच्च बनाएको छ । त्यसपछि पनि लगातार २ वर्ष विज्ञान संकायमा प्रदेश प्रथम भएको एभरेष्ट आफ्नो उत्कृष्टता कायम राख्न निरन्तर सफल हुँदै आएको छ ।

एभरेष्टले आफ्नो गुणस्तरीय शिक्षामा कमि आउन नदिन विज्ञान र व्यवस्थापन विषयका अत्याधुनिक ल्याव र पुस्तकालयको स्थापना गरेको छ । अझ विद्यार्थीहरुलाई अनुसन्धानमा केन्द्रित गराउन आफ्नै ‘इनोभेसन सेन्टर’ (आविस्कार केन्द्र) निर्माण गरेको छ । कलेजमा विद्यार्थी पढ्न नभई सिक्न आउने वातावरण निर्माण गरेको छ । कलेजका शिक्षक तथा प्राध्यापकहरुले विद्यार्थी केन्द्रित शिक्षण विधि पठन पाठन सञ्चालन गर्दा विद्यार्थीहरु रमाउँदै अध्ययन गर्ने गरेका छन् । विश्वस्तरीय शिक्षण सिकाईलाई प्रभावकारी बनाउन एभरेष्टले विश्वका चर्चित विश्वविद्यालयबाट ‘गेष्ट लेक्चर’को समेत व्यवस्था मिलाउँदै आएको छ । जसले विद्यार्थीलाई अन्तर्राष्ट्रिय शैक्षिक प्रणालीको बारेमा जानकारी प्राप्त हुनुका साथै अनुशासित र सृजनशील हुन उत्प्रेरणा प्राप्त हुने गरेको विद्यालयको बुझाई छ ।

यसका अतिरिक्त खेलकुद क्षेत्रमा पनि विद्यार्थीको अब्बलता कायम राख्न सक्नुपर्छ भन्दै एभरेष्टले अन्तर्राष्ट्रिय स्तरका खेल संरचनाहरुको विकास गरेको छ । एभरेष्ट कलेज परिसर भित्रै फुटबल मैदान, ब्याडमिन्टन, भलिबल तथा बास्केटबल कोर्ट, टेबल टेनिस, मार्सल आर्ट, तेक्वोन्दोका लागि कवर्ड हल अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण गरेको छ । यस्तै, संगीत तथा नृत्यका लागि छुट्टै हल निर्माण गरेर बालबालिकाको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराएर एभरेष्टले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । कलेजले प्रत्येक क्षेत्रका विषय विज्ञहरुलाई नियूक्त गरेर हरेक गतिविधि सञ्चालन गर्नुका साथै सभा, सेमिनार, अन्तरक्रियालगायतका हरेक क्षेत्रमा प्रतियोगितासमेत आयोजना गर्दै आएको छ ।

दुई दर्जन भन्दा बढी स्कुल बस रहेको एभरेष्टले आवश्यकता अनुशार संख्या बढाउँदै लैजानुपर्ने सम्भावनालाई मध्येनजर गर्दैै आफ्नै व्यवस्थित बसपार्क निर्माण गरेको छ । यस्तै टाढाबाट अध्ययन गर्न आउनेहरुका लागि सुविधासम्पन्न छात्रबासको ब्यवस्था मिलाएको एभरेष्ट फाउण्डेसनमा अहिले ५ वटा शैक्षिक संस्था सञ्चालनमा छन् ।

विराटनगर– ५मा एभरेष्ट मन्टेश्वरी, एभरेष्ट स्कुल, एभरेष्ट कलेज आसपासमा छन् । यसका अतिरिक्त फाउण्डेसनले विराटनगरकै कलेज रोडमा एम्स कलेज र सुनसरीको इटहरीमा पाथीभरा स्कुल सञ्चालन गर्दै आएको छ । फाउण्डेसन भित्र चार हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

Back to top button