मन्त्रीको लागि नाम छान्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक अहिले केहिबेरमा बस्दैछ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा सरकारमा पार्टीका तर्फबाट सहभागि हुने मन्त्रीका लागि नाम छनौट गर्ने बुझिएको छ ।

यद्यपी माओवादी स्थायी समिति दिस्य देव गुरुङ्गले पछिल्लो राजनीतिक घटनाक्रमका बिषयमा छलफल केन्द्रित हुने बताउनुभएको छ । सँगै पार्टीबाट सरकारमा सहभागि हुने नामका बिषयमा पनि छलफल हुनसक्ने उहाँले बताउनुभयो ।

हिजो मात्र प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको थियो। उहाँहरुले नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षलाई समेत सरकारमा सहभागि गराउने र त्यसका लागि आजसम्मको समय दिने सहमति गर्नुभएको थियो ।

उहाँहरुबिच एक–दुई दिनभित्रै सत्ता–साझेदार दलबीच छलफल गरी मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सहमति भएको बताइएको छ । असार २९ गते प्रधानमन्त्रीमा शपथ लिनुभएका देउवाले हालसम्म पनि सरकारलाई पूर्णत दिन नसकेको भन्दै आलोचना हुन थालेको छ।

Back to top button