कर्णालीमा डुंगा दुर्घटना हुँदा तीन जना बेपत्ता

काठमाडौं । खोप लगाउन कैलालीबाट सुर्खेत जाँदै गरेको अवस्था कर्णाली नदीमा डुंगा दुर्घटना भएको छ । दुर्घटनामा तीन जना वेपत्ता भएको प्रहरीले जनाएको छ । कैलालीको मोहन्याल गाउँपालिका ३ बाट सुर्खेतको चौकुने गाउँपालिका ४ जाँदै गरेको अवस्थामा नदीमा डुंगा दुर्घटना भएको हो ।

१० जना सवार रहेको डुंगा नदीमा पल्टिदा मोहन्याल गाउँपालिका ३ की २० वर्षीया पार्वती थापा, २० वर्षीया उर्मिला सलामीमगर र उहाँको १० दिनको छोरा बेपत्ता भएको जिल्ला प्रहरी कैलालीले जनाएको छ ।

Back to top button