माधव नेपालकै कारण नेकपा विभाजन भएको हो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहले विपक्षीलाई भोट हालेर आफ्नो पार्टीलाई सडकमा ल्याएको आरोप लगाउनुभएको छ ।

तुल्सीलाल स्मृति दिवसका अवसरमा च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव नेपालको जिद्दी र स्वार्थका कारण नेकपा पनि विघटन भएको बताउनुभएको छ । उहाँले नेपालकै कारण एमाले पनि यो अवस्थामा आइपुगेको बताउनुभयो ।

अध्यक्ष ओलीले नेता नेपालप्रति लक्षित गर्दै भन्नुभयो, ‘राजाको पाउमा भेटी चढाउँदै कम्युनिस्ट आन्दोलन विर्सजन गर्नेले नै पार्टी फुटाए । नेकपा फुटाउनुपर्ने कुनै कारण थिएन । कसैको स्वार्थ र जिद्दीका कारण विघटन भयो । एमाले पनि त्यही परिस्थितितिर गइरहेको छ ।’

उहाँले आफ्नो पार्टीको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउन क्रियाशील नेताहरूले पार्टीभित्र अराजकता निम्त्याएको बताउनुभयो ।

Back to top button