असोज ९ सम्म सवै पालिकास्तरको अधिवेशन गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले स्थानीय तहका कमिटीहरूको अधिवेशनका लागि समय निर्धारण गरेको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा आज बसेको स्थायी कमिटी बैठकले देशभरका सबै पालिकास्तरको अधिवेशन आउँदो असोज ९ सम्म गरिसक्ने निर्णय गरेको महासचिव ईश्वर पोखरेलले जानकारी दिनुभयो ।

यस्तै साउन २४ गतेका लागि एमाले केन्द्रीय कमिटी बैठक बोलाइएको छ । स्थायी समिति बैठक भने भोली दिउँसो ३ बजे पुनः बस्ने भएको छ ।

महासचिव पोखरेलले एमालेको विधानमा दुई अध्यक्षको व्यवस्था नरहेको भन्दै २०७५जेठ २ मा फर्किने भनेपछि सबै विषय त्यहिँबाट टुंगो लाग्ने बताउनुभएको छ ।

Back to top button