माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । सरकारमा मन्त्रीको नाम पठाउनका लागि माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा आज ३ बजे बस्दै छ । मन्त्रीमा जाने सांसदहरुको नाम छनौट गर्ने बैठकको कार्यसूची रहेको एक नेताले बताउनुभयो ।

सरकारमा हाल माओवादी केन्द्रको तर्फबाट अर्थ मन्त्रीमा जनार्दन शर्मा र उर्जा तथा जलस्रोत मन्त्रीमा पम्फा भुसाल सहभागी छन् । माओवादीले अझै सात वटा मन्त्रालय पाउने सम्भावना रहेकाले मन्त्रीमा जाने सांसदको नाम आज छनौट गरिन लागेको हो ।

Back to top button