भैँसे–भीमफेदी सडक अबरुद्ध

काठमाडौं । भीमफेदी गाउँपालिका ६ धोर्सिङमा गएराती पहिरो गएर भैँसे–भीमफेदी सडक अबरुद्ध भएको छ । पहिरोले सडक अबरुद्ध हुँदा भीमफेदी–कुलेखानी हुँदै काठमाडौं जाने सवारी साधन बीच बाटोमै अलपत्र परेका छन् ।

धोर्सिङलगायत अन्य स्थानमा पनि पहिरो गएकोले दुई वटा एक्जाभेटरले पहिरो पन्छाउने कार्य भइरहेको तर पहिरो पन्छाउन अझै २/३ घण्टा लाग्ने इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।

Back to top button