छिन्नमस्ता सखडा भगवतीको मुकुट चोरी

राजविराज । प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता सखडा भगवतीको मुकुट गएराती चोरी भएको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित सखडा भगवतीको चाँदीको मुकुट चोरी भएपछि सुरक्षाकर्मीले सीमा सिल गरेर खोजी कार्य गरिरहेको हो ।

घटना बारेमा जानकारी प्राप्त भएपछि अहिले सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, जिल्ला प्रहरी सप्तरीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमला, प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेसहितको टोली मन्दिर पुगेका छन् । छिन्नमस्ता भगवतीको मुकुट चोरी यो पहिलो पटक हो ।

Back to top button