राज्यमन्त्री उमेश श्रेष्ठको घोषणा : सुरक्षाकर्मीबाहेकका सरकारी सुविधा नलिने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सुरक्षाकर्मी बाहेका सरकारी सेवा सुविधा नलिने घोषणा गर्नुभएको छ ।

आज आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले सुरक्षाकर्मी बाहेक आवास, गाडी र तलबभत्ता नलिने घोषणा गर्नुभएको हो । उहाँले मन्त्री पदमा रहुञ्जेल आफू संग्लग्न रहेका व्यवसायीक संस्थाबाट समेत अलग हुने बताउनुभएको छ ।

शिक्षा, स्वास्थ्य, हाइड्रोलगायतका क्षेत्रमा लगानी गर्नुभएका श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले १० साउनमा स्वास्थ्य राज्यमन्त्री नियुक्त गर्नुभएको थियो । उहाँलाई राज्यमन्त्री बनाएपछि पार्टीभित्र तथा बाहिरबाट पनि प्रधानमन्त्रीको चर्को विरोध हुँदै आएको छ ।

Back to top button