कर्णालीका चार सांसदमाथि एमालेले गरेको कारवाही सदर ( हेर्नुहोस यस्तो छ सर्वोच्चको फैसला)

काठमाडौं । कर्णाली प्रदेशका चार सांसदलाई एमालेले गरेको कारवाहीलाई सर्वोच्च अदालतले वैधानिक ठहर गरेको छ । फ्लोर क्रस गरेर माओवादीको सरकार जोगाउन जाँदा एमालेले चार सांसदलाई कारवाही गरेको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासमा आज भएको सुनुवाइपछि अदालतले आफैं समावेश भएको संसदीय दलको निर्णय विपरीत फ्लोर क्रस गर्नु लोकतान्त्रिक पद्धति एवम् संस्कार र मान्यता अनुकूल नभएको ठहर गरेको छ ।

नेपालको संविधान र राजनीतिक दल सम्बन्धी ऐन अनुकूलसमेत मान्न नसकिने भन्दै एमालेले प्रदेश सभा सदस्यहरू प्रकाश ज्वाला,अम्बर थापा, कुर्मराज शाही र नन्दसिंह बुढामाथि गरेको कारवाही र सांसदबाट प्रदेशसभाले गरेको पदमुक्तिलाई सदर गरेको हो ।

इजलासले यसअघि न्यायाधीश प्रकाशमान सिंह राउतले पुनर्वहालीका लागि दिएको अन्तरिम आदेश खारेज गरेको छ । सो अन्तरिम आदेशविरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीले भ्याकेट निवेदन दिनुभएको थियो । सोहि भ्याकेट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले एमालेको कारवाहीलाई वैधता दिएको हो ।

हेर्नुहोस यस्तो छ सर्वोच्चको फैसला

Back to top button