
दोलखा। महाकाली नदीमा तुइन काट्ने एसएसबिलाइ कारबाहिको माग गर्दै माधब समूहको युबा संघ दोलखाले ज्ञापनपत्र बुझाएको छ।
मंगलबार नेपाल समुहका युबा संघ दोलखाका अध्यक्ष रामहरि शिवाकोटीको नेतृत्वको टोलिले जिल्ला प्रशासन कार्यलय दोलखा पुगेर प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेला ज्ञापनपत्र बुझाएका हुन।
ज्ञापनपत्र बुझाउदै युबा संघ दोलखाले तुइन काटेकोमा घटनाको छानविन गर्न माग गरेका छन्। तुइन काट्ने व्यक्तिलाई कारबाही र सीमा क्षेत्रका नेपालीमाथि हुने भारतीय ज्यादती रोक्न समेत ज्ञापनपत्रमा माग गरिएको छ।