सर्वोच्चको फैसला ओलीको पक्षमा

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्षमा फैसला सुनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र प्रकाश ढुंगानाको संयूक्त इजलासले ओलीले दिनुभएको भ्याकेट निवेदनमाथि सुनुवाइ गर्दै एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समिति र कर्णाली प्रदेशका चार जना सांसदलाई कारबाहीलाई बैधता प्रदान गरेको छ ।

कर्णाली प्रदेशका एमालेका सांसद प्रकाश ज्वाला,अम्बरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई सर्वोच्च अदालतले सांसद पदबाट मुक्त गर्ने फैसला सुनाएको हो । संसदीय दलको निर्देशनविपरीत कर्णाली प्रदेशमा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार टिकाउने चारै जनालाई एमालेले कारवाही गरेको थियो । तर उहाँहरुले सर्वोच्च अदालतमा रिट दिदा न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले पुनर्वहाली गरिदिएको थियो । प्रदेश सांसद ज्वाला बाहेक तीनै जना शाही सरकारमा मन्त्री हुनुहुन्छ ।

न्यायाधिस सिंहले गरेको व्याख्यालाई समेत सच्याएर राणा र ढुंगानाको संयुक्त इजलासले एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई वैधता दिएको छ ।

Back to top button