राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान खड्काले लिए अन्तर्राष्ट्रिय खेलबाट सन्यास

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिने घोषणा गर्नुभएको छ । देशको लागि खेल्नु नै आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि भएको भन्दै उहाँले क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला प्रदान गर्ने सबैप्रति ऋणी रहेको बताउनुभएको हो ।

अन्तर्राष्ट्रि क्रिकेट खेलको यात्रा टुंगिए पनि नेपाली क्रिकेटको सपना बामे सर्दै गरेको उहाँले बताउनुभयो । सन् २००२ देखि क्रिकेट यात्राको सुरु गरेका गरेका खडकाले यू १५ टोलीबाट क्रिकेट खेल्न थाल्नुभएको थियो उहाँले सन् २००९ देखि २०१९ सम्म नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानी सम्हाल्नुभएको थियो । उहाँले राष्ट्रिय टोलीको कप्तानीबाट सन् २०१९ अक्टुबर १५ मा राजिनामा दिनुभएको थियो

खड्काको कप्तानीमा नेपाली क्रिकेट निकै माथि उक्सिएको छ । यसलाई अझै सबै मिलेर माथि उकास्नु पर्ने उहाँले बताउनुभएको छ ।

Back to top button