एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच वार्ताको तयारी

काठमाडौं । नेकपा एमालेका दोस्रो तहका नेताहरुले पार्टी एकता जोगाउन पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता गराउने तयारी थालेका छन् ।

पार्टीका दोस्रो तहका नेताहरु भीम रावल, सुवास नेम्वाङ, विष्णु पौडेल र सुरेन्द्र पाण्डेबीच १० बुँदे सहमतिका आधारमा शक्ती बाँडफाँडका लागि दुई नेताबीच वार्ता गराउने तयारी गरेको हो । उहाँहरुले औपचारिक वार्ता गराउन छलफलमा जुट्नुभएको छ ।

Back to top button