संघीय संसदको बैठक आज बस्दै

काठमाडौं । पुनस्र्थापित प्रतिनिधिसभाको आठौँ अधिवेशनको छैटौँ बैठक आज दिउँसो १ बजे बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७६÷०७७ को मुस्लिम आयोगको वार्षिक प्रतिवेदन सदनमा पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको हो ।

त्यसपछि तत्कालिन राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २०४८ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा दार्चुला क्षेत्र नम्बर २ बाट निर्वाचित सदस्य अकबरबहादुर बहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गरेर आजको सदन टुंगिने सचिवालयले जनाएको छ ।

Back to top button