राज्यमन्त्रीले गरेको सरुवा प्रधानमन्त्रीद्धारा थमौती

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्ति भएसँगै विवादमा आउनुभएका उमेश श्रेष्ठ चिकित्सकहरुको सरुवा प्रकरणमा थप विवादित हुनुभएको छ । उहाँले हिजो गरेको सरुवालाई प्रधानमन्त्री शेरबहादुर देउवाले आज उल्टाउँदै थमौती गर्नुभएको छ ।

मन्त्री श्रेष्ठकै सम्लग्नतामा हिजो मन्त्रालयले डा. जागेश्वर गौतमलाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को प्रमुख प्रशासकीय अधिकारीबाट सरुवा गर्नुभएको थियो । उहाँको ठाउँमा डा. मधु मरासिनीलाई पठाइएको थियो ।

यसैगरी, सार्क क्षयरोग केन्द्रका निर्देशक डा. विवेकलाल कर्णलाई मन्त्रालयको महत्वपूर्ण महाशाखा समन्वय महाशाखाको प्रमुखमा ल्याई ११ महिनादेखि मन्त्रालयमा जगेडामा बस्दै आउनुभएककी रिता जोशीलाई डा. लालको ठाउँमा पठाइएको थियो । डा. गौतमलाई भने प्रसुती गृह पठाइएको थियो ।

प्रधानमन्त्री देउवा निकट स्रोतकाअनुसार ११ औं तहका कर्मचारीको सरुवा राज्यमन्त्रीस्तरबाट हुन नसक्ने भन्दै तत्काल निर्णय सच्चाउनका प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ । स्वास्थ्य मन्त्रीको नेतृत्व पनि प्रधानमन्त्री देउवासँगै छ । श्रेष्ठले गरेको यो सरुवाको निर्णयबाट प्रधानमन्त्री देउवा असन्तुष्ट बनेको स्रोतको भनाई छ ।

Back to top button