नेपालले बोलाए आफू निकट केन्द्रीय सदस्यको बैठक

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू निकट केन्द्रीय सदस्यहरुको बैठक बुधबार बोलाउनुभएको छ ।

पार्टी एकता जोगाउन पार्टीका दोस्रो तहका नेताहरुले अध्यक्ष केपी ओली शर्मा र वरिष्ठ नेता नेपाल बीच औपचारिक छलफल गराउन दवाव बढाएकाले बैठक बोलाएको एक नेताले बताउनुभयो । सबैको सहमतिमा ठोस एजेण्डा लिएर मात्रै अध्यक्ष ओलीसँग बार्ता गर्ने उद्देश्यले बैठक बोलाएको हो ।

Back to top button