मुख्यमन्त्री पोखरेलविरुद्ध तेस्रो पटक अविश्वासको प्रस्ताव दर्ता, विशेष अधिवेशन आह्वानको माग

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी दलले तेस्रो पटक प्रदेशसभामा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएको छ । अविश्वास प्रस्तावसँगै प्रदेशसभाको विशेष अधिवेशन बोलाउनसमेत विपक्षी दलले प्रदेश प्रमुखलाई समावेदन दिएको हो ।

दुई पटक अविश्वास प्रस्ताव दर्ता गराइसकेका विपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनर्मोचाले ३४ प्रदेश सांसदको हस्ताक्षरसहित तेस्रो पटक अविश्वासको प्रस्ताव दर्ता गराएको छ ।

Back to top button