रेल्बे कम्पनीका महाप्रबन्धकलाई हटाउन स्पष्टीकरण

काठमाडौं । सरकारले रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईलाई हटाउने उद्देश्यले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले काम सन्तोषजन नभएको भन्दै घट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

रेल्बे कम्पनीले जयनगर–जनकपुर–कुर्थासम्म भारत सरकारले निर्माण गरिदिएको ब्रोडगेज रेल्वे लिकमा रेल खरिद गरेर पनि सञ्चालन गर्न सकेको छैन । पूर्व–पश्चिम रेल्वे निर्माणका लागि गरिएको ठेक्का प्रक्रियामा समेत अनियमितताको विषय उठेको थियो ।

Back to top button