सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिमरुप दिन सत्तारुढ गठबन्धनको बैठक बस्दै

काठमाडौं । सरकारको ११ बुँदे प्राथमिकता र मन्त्रीहरूका लागि १४ बुँदे आचारसंहितासहितको न्यूनतम साझा कार्यक्रमलाई अन्तिमरुप दिन सत्ता गठबन्धन कार्यदलको प्रधानमन्त्री निवास बालुवाटारमा आजे बैठक बस्दै छ ।

कोभिड १९ को नियन्त्रण, राष्ट्रिय हित, संविधान संशोधन, संघीयताको कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, शान्ति सुरक्षाको प्रत्याभूति, सुशासन र सदाचार, शान्ति प्रक्रियाको पूर्णता, आर्थिक नीति तथा कार्यक्रम, सामाजिक रूपान्तरण, तात्कालिक राहत, पर्यावरणीय सन्तुलन र अन्तर्राष्ट्रिय सम्बन्धलगायतलाई न्यूनतम साझा कार्यक्रममा समेटेर तयार पारिएको एक सदस्यले बताउनुभयो ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलमा बसेर काँग्रेसबाट मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादवले सरकारको न्यूनतम साझा कार्यक्रम तयार पारेर आजको बैठकबाट अन्तिम रुप दिने तयारी गरेको छ । कार्यदलले पारित गरेपछि न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन सरकारलाई बुझाइने र त्यसपछि सरकारले सार्वजनिक गर्ने एक नेताले बताउनुभयो ।

Back to top button