अध्यक्ष भण्डारी र सल्लाहकार सम्पादक खनालको राजिनामा स्विकृत

काठमाडौं । मन्त्रिपरिषद बैठकले गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारी र गोरखापत्र दैनिकका सल्लाहकार सम्पादक गोपाल खनालको राजिनामा स्विकृत गरेको छ ।

तत्कालिन केपी शर्मा ओलीले भण्डारीलाई संस्थानको अध्यक्ष र खनाललाई गोरखापत्र दैनिकको सल्लाहकार सम्पादक नियुक्त गर्नुभएको थियो । सरकार परिवर्तनको संघारमा पुगेपछि दुबै जनाले दिनुभएको राजिनालाई हिजोको मन्त्रिपरिषद बैठकले स्विकृत गरिदिएको छ ।

Back to top button