देउवा सरकारले एमालेसँगको प्रतिशोध सुकुम्बासीसँग साँध्यो : मुख्यमन्त्री पोखरेल

विराटनगर। नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले देउवा सरकारले एमालेसँगको प्रतिशोध सुकुम्बासीमाथि पोखेको टिप्पणी गर्नुभएको छ ।

एमालेसँगको रिस भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीमाथि पोख्नु सरकारको लाचारीपन भएको उहाँले टिप्पणी गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले देउवा सरकारलाई आयोगलाई पुन सक्रिय बनाउन दवाव दिन समेत आह्वान गर्नुभएको छ ।

उहाँले फेसबुकमा स्टाटस लेख्दै भन्नुभएको छ,‘एमालेसँगको रिस भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासी माथि पोख्नु सरकारको लाचारी हो । गल्ती सच्याई आयोगलाई पुनः सकृय बनाउन सरकारलाई दबाब सिर्जना गरौं ।’

केपी ओली सरकारले गठन गरेर दु्रतगतिमा काम गरिरहेको केन्द्रीय भूमि आयोग र ७७ जिल्लाकै भूमि समस्या समाधान आयोगलाई देउवा सरकारले खारेज गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि आयोगलाई खारेज गर्ने निर्णय गरेको थियो ।

आयोगका पदाधिकारी हटाउँदा अदालतबाट अन्तरिम आदेश लिएर फर्किने भएकाले आयोग नै खारेज गरिएको हो ।

Back to top button