भूमिहीनको मौलिक हक हनन् गर्ने अधिकार सरकारलाई छैन : नेत्री तुम्बाहाङ्फे

काठमाडौं । नेकपा एमाले नेत्री तथा पूर्वमन्त्री शिवमाया तुम्बाहाङ्फेले सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग बिघटन गरेर भूमिहीनको मौलिक हक हनन गरेको बताउनुभएको छ ।

आज सामाजिक सञ्जालमार्फत् उहाँले देउवा नेतृत्वको सरकारलाई सबैधानिक तथा कानुनी प्रावधानलाई मिच्ने कुनै अधिकार नभएको भन्दै देउवा सरकारलाई होसियार रहन चेतावनी दिनुभएको छ । उहाले जनताको मौलिक हक हनन् गर्ने सरकारको क्षेत्राधिकार भित्र नपर्ने र भूमिहीन सुकुम्बासीलाई कानूनी समयसिमा भित्र नै लालपूर्जा दिलाउनका लागि सबै एकताबद्ध हुन आग्रह गर्नुभएको छ ।

‘उहाँले भूमिहीन सुकुम्बासीमाथि सरकारले कुठाराधात गरेको, अव्यवस्थित बसोवासको समस्याले पिल्सिरहेका तराई क्षेत्रका जनताको समस्यालाई उपेक्षा गरेको भन्दै ,’ नेत्री तुम्बाहाङ्फेले लेख्नुभएको छ, ‘वितरणका लागि तयारी अवस्थामा रहेका लालपुर्जा सुकुम्बासीले नपाउने भएका छन् । तसर्थः भूमि ऐनमा ब्यबस्था भएको प्रावधानलाई यो सरकारले समयभित्र नै कार्यान्वयन गर्छ भन्ने कुनै आधार छैन ।’

 

Back to top button