सन्यास घोषणाको भोलिपल्ट पारसको प्रतिकृया,‘सम्बन्ध क्रिकेटसँगै रहन्छ’

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गर्नुभएका राष्ट्रिय क्रिकेट टोलीका पूर्व–कप्तान पारस खड्काले क्रिकेटसँग सम्बन्ध भने कायमै रहने बताउनुभएको छ ।

हिजो सन्यासको घोषणा गर्नुभएका खड्काले आज पत्रकारहरुसँग भेटघाट गर्दै फरक भूमिकाबाट क्रिकेटसँग नै जोडिने बताउनुभएको हो । उहाँले क्रिकेटको प्यासन सकिएको अब चुनौती सामना गर्न क्रिकेटसँग सम्बन्धित भूमिकामा नै फर्किने बताउनुभएको हो ।

उहाँले धेरै सोच विचार गरेर सन्यासको निर्णय गरेको बताउनुभयो । अबको बाटो कुन हो त भन्ने जिज्ञासामा उहाँले क्रिकेटको व्यवस्थापनमा आउन चाहेको प्रतिक्रिया दिनुभयो ।

उहाँले नयाँ पुस्ता अहिले राष्ट्रिय टोलीमा आएको र नयाँ पुस्तामा सम्भावना धेरै भएको भन्दै खड्काले व्यक्तिभन्दा पनि टिमको प्रदर्शनले अर्थ राख्ने बताउनुभयो । उहाँले चाँडै क्रिकेट एकेडेमीको सुरुवात गरेर देशभर लैजाने योजनामा आफू रहेको बताउनुभयो ।

खड्काले सोचे जस्तो व्यवस्थापकीय यात्रा गर्न चुनौती छ। किनकि क्यानको विधानले क्रिकेट करियर छोडेको दुई वर्ष पूरा भएपछि मात्र कुनै पनि खेलाडीले नेपाली क्रिकेटको निर्वाचनमा भाग लिन पाउने प्रावधान रहेको छ।

Back to top button