माधव नेपालपक्षको स्थायी कमिटी बैठक शुरु, रणनिति बुझेर भोली संस्थापन पक्षको बैठक बस्ने

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु भएको छ । वुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा सुरु भएको बैठकमा पार्टी एकता र सरकारमा सहभागिताका विषयमा छलफल भइरहेको छ ।

स्थायी कमिटी लगतै आजै केन्द्रीय कमिटीको बैठक बस्ने बताइएको छ । यस्तै संस्थापन पक्षको आजको स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकको रणनिती बुझेर संस्थापन पक्षको स्थायी कमिटी बैठक बस्ने भएको छ ।

माधव नेपाल समूहको आजको निर्णयलाई हेरेर भावी रणनीति बनाउन नेकपा एमालेले भोली स्थायी कमिटी बैठक बोलाएको हो । भोलिको बैठकमा सातै प्रदेशका अध्यक्षहरुलाई समेत डाकिएको छ ।

पार्टीको दशौं महाधिवेशन र विधान संसोधनका बारेमा छलफल गर्न भन्द्रै प्रदेश अध्यक्षहरुलाई बोलाइएको छ । नेपाल समूहले आजको बैठकपछि नयाँ पार्टी दर्ता हुने एमाले संस्थापनको अनुमान छ ।

पार्टीमा सहमति कायम गराउन कृयाशिल एक नेताका अनुशार पार्टीभित्र एकता भन्दा पनि विभाजनको सम्भावना बढ्दै गएको छ ।

Back to top button