माधव नेपाल समूहको स्थायी समिति बैठक सम्पन्न, केन्द्रीय समिति बैठक शुरु

काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहको स्थायी समिति बैठक सम्पन्न भएर केन्द्रीय समितिको बैठक शुरु भएको छ । स्थायी समितिको बैठकमा नेता योगेश भट्टराई र सुरेन्द्र पाण्डे अनुपस्थित रहनुभएको छ ।

उहाँहरु दुवै जना कोरोना भाइरस संक्रमणको कन्ट्याक्ट ट्रेसिङमा परेको कारण अनुपस्थित रहेको बताइएको छ। आजको बैठकले पार्टीको आन्‍तरिक विवाद र एकताबारे टुङ्गो लगाउने तथा सरकारमा सहभागी हुने / नहुनेबारे निर्णय गर्ने बताइएको छ।

यता अध्यक्ष केपी शर्मा ओली पक्षले भने माधव समूहको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन नेताहरुलाई आग्रह गरेको छ । एमालेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले विज्ञप्ति जारी गरी यही साउन २१ गते पार्टीको कुनै आधिकारिक बैठक नभएको जानकारी गराउनुभएको छ ।

Back to top button